+
+

शिव श्रेष्ठले भने- भुवन केसीकै कारण ‘प्रेमगीत ३’ चलेको हो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १८:४३
फाइल तस्वीर

काठमाडौं । अभिनेता शिव श्रेष्ठले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीकै कारण ‘प्रेमगीत ३’ चलेको बताएका छन् । दुबईमा हुने फिल्म महोत्सवबारे जानकारी दिन बोर्डले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा शिवले फिल्म चलेको क्रेडिट भुवनलाई दिएका हुन् ।

शिव स्वयं ‘प्रेमगीत ३’ का प्रमुख कलाकार हुन् । ‘वास्तवमै यो कुरा सत्य हो कि भुवनजीकै कारण प्रेमगीत ३ चलेको हो,’ उनले भने । के यो कुरा व्यंग्य थियो वा वास्तविक भनेर सोधिएको जिज्ञासामा शिवले यस्तो कुरा बताएका हुन् ।

शिवले भनेको कुराको जवाफ भुवनले पनि दिए र क्रेडिट लिन खोजे । ‘शिवजीको कुरा सत्य नै छ । सेन्सर सिफारिस गरिदिएर मैले रिलिजलाई सजिलो बनाइदिएको हुँ । फिल्म चलेकोमा मलाई गौरव छ,’ भुवनले भने ।

‘प्रेमगीत ३’ रिलिजको बेला चलचित्र विकास बोर्ड र फिल्म निर्माताबीच आरोप–प्रत्यारोप चुलिएको थियो । भुवन केसीले प्रेमगीत ३ लाई असर पर्ने गरी १० बजेपछि फिल्म चलाउन नपाइने नियम ल्याएको भन्दै अभिनेता प्रदीप खड्काले राजीनामा मागेका थिए ।

त्यसपछि कर चुक्ता नगरेको भन्दै भुवनले प्रेमगीत ३ को हिन्दी संस्करणको सेन्सर सिफारिसलाई ढिलाइ गरिदिए । जसले गर्दा हिन्दी संस्करण चार दिनपछि मात्र रिलिज भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?