+
+

हेटौंडा उपमहानगरले बढायो बजेटको आकार

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १५:३०

१४ पुस, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले ६ महिना नपुग्दै चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको आकार बढाएको छ ।

चालु आर्थिक वर्षको लागि २० असारको ११औं नगरसभाबाट २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बजेट स्वीकृत भएको थियो । तर, बिहीबार १२औं नगरसभाबाट संशोधित बजेट ३ अर्ब ५ करोड पुर्‍याएको हो । संशोधन भएको बजेट बिहीबारको नगरसभाले सर्वसम्मत स्वीकृत गरेको थियो ।

उपमहानगरले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा आयतर्फ संघिय सरकार समानीकरण तथा सशर्त अनुदान तर्फ ५५ करोड ४६ लाख ६ हजार, प्रदेश सरकार समानीकरण तथा सशर्त अनुदान तर्फ ३७ करोड ५० हजार, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट तर्फ ६ करोड ७ लाख ६८ हजार र आन्तरिक स्रोत कर, राजश्व स्रोत र गत वर्षको समेत गरी ८७ करोड ८७ लाख ८ हजार आम्दानी गरेको नगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् ।

उपमहानगरको खर्च तर्फ हालसम्म कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १७ करोड ५८ लाख ६४ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ८० लाख ५२ हजार, पूर्वाधार विकास तर्फ १३ करोड ६९ लाख ९२ हजार, सामाजिक विकास तर्फ ३० करोड ७४ लाख १२ हजार, आर्थिक विकास तर्फ २ करोड ४० लाख ६४ हजार समेत गरी कुल ६६ करोड २३ लाख ८५ हजार रुपैयाँ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?