+
+

के-के छन् कर्णालीका प्रदेश सांसदका सुविधा ?

यज्ञ खत्री यज्ञ खत्री
२०७९ पुष १६ गते ११:५५

१७ पुस, सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालका लागि नयाँ सांसद निर्वाचित भइसकेका छन् । पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि दोस्रो कार्यकालको पहिलो अधिवेशन बोलाइएको छ ।

४० जना सदस्य रहेको प्रदेश सभामा सांसदहरुले मासिक पारिश्रमिकदेखि स्वकीय सचिवसम्म राख्न पाउने व्यवस्था छ ।

उनीहरूलाई विभिन्न शीर्षकमा दिइने सेवा-सुविधामै वार्षिक करिब ११ करोड खर्च हुने गरेको छ । उनीहरुले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन-२०७५ मा व्यवस्था गरिए अनुसारको सेवा सुविधा पाउने गरेका छन् ।

कर्णाली प्रदेश सभामा सभामुख, उप सभामुख, विपक्षी दलको नेता, सत्ता पक्षको दलको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक, दलको प्रमुख सचेतक र सत्ता पक्षको सचेतक रहने व्यवस्था छ । उनीहरुलाई पनि सञ्चार सुविधा, अतिथि सत्कार, बैठक भत्ता, आवास सुविधा, फर्निचर, दैनिक भ्रमण भत्ता र वैदेशिक भ्रमण भत्ताको समेत व्यवस्था गरिएको छ ।

सभामुखको पारिश्रमिक मात्रै मासिक ६१ हजार ४८० पाउँने व्यवस्था गरिएकेा छ भने उपसभामुख र विपक्षी दलको नेताले ५८/५८ हजार रूपैयाँ पाउँने व्यवस्था ऐनमा छ । सत्ता पक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र संसदीय दलको अध्यक्षको पारिश्रमिक ५६ हजार ८४० तोकिएको छ ।

दलको प्रमुख सचेतक र सत्ता पक्षको सचेतक तथा विपक्षी दलको सचेतकको ५४ हजार ५२० रूपैयाँ मासिक पारिश्रमिक छ । प्रदेश सभा सदस्यहरूले हरेक महिना ५२ हजार ६०० पाउँछन् । प्रदेश सभा सदस्यहरूलाई पनि एक जना नायब सुब्बा सरहको स्वकीय राख्न पाउने सुविधा गरिएको छ ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदमा उपस्थिति रहनेछ । कांग्रेस, माओवादी केन्द्र र एमालेले प्रमुख सचेतक तथा सचेतकहरू पाउँनेछन् ।

प्रदेश सभामा चारवटा विषय गत संसदीय समितिसमेत रहेका छन् । संसदीय समितिका अध्यक्षहरुका लागि पनि छुटै सेवा सुविधाको व्यवस्था गरिएको छ ।

ऐनअनुसार प्रदेश सभा सदस्य तथा पदाधिकारीहरूलाई पारिश्रमिक तथा सेवा-सुविधा उपलब्ध गराइँदै आएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

 

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?