+
+

लुम्बिनी प्रदेश सभा नियमावली पारित, अर्को बैठक ३ माघमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते २०:२७

१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ । सोमबार सुरु भएको अधिवेशनको दोस्रो बैठकमा ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । तर, त्यो नियमावली ५० प्रतिशत भन्दा बढी संशोधन गर्नुपर्ने भएपछी नयाँ नियमावली बनाइएको प्रदेश सभा सचिव दुलर्भकुमार पुनले जानकारी दिए ।

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेसनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ । पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि ज्येष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति माघ ३ गते तोकेका हुन् ।

अब सभामुख र उपसभामुख चयनको लागि प्रदेश सभामा बाटो खुलेको छ । पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अन्तरगत राजनीतिक दलहरुको विचमा सहमतीको प्रयास गरिने र सम्भवतः आउदो बैठकले सभामुख चयन गर्ने प्रदेश सभा सचिव पुनले जानकारी दिए । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?