+
+

कालिका नगरपालिकाले गरिदियो चितवनका पत्रकारको दुर्घटना बीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते ९:२१

१९ पुस, चितवन । चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरूको १० लाखको दुर्घटना बीमा गरिदिएको छ ।

कालिका नगरपालिका प्रमुख विनोद रेग्मी र पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेर दुर्घटना बीमा सुरु गरेका हुन् ।

नगरपालिकाले पत्रकार सामूहिक दुर्घटना बीमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर महासंघसँग सम्झौता गरेको हो ।

आगामी दिनहरुमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यविधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिए ।

कार्यविधिमा बीमाका लागि नगरप्रमुख संयोजक रहने गरी समिति निर्माण गरिएको छ । महासंघका अध्यक्षसमेत समितिमा रहने गरी कार्यविधि बनाइएको नगरप्रमुख रेग्मीले बताए ।

कसैको पनि दुर्घटना नहोस् र लाभान्वित हुन नपरोस् भन्ने आफ्नो चाहना रहेको भन्दै नगरप्रमुख रेग्मीले भैपरी आउने दुर्घटनाबाट राहतका लागि बीमा कार्यक्रम गर्न लागिएको बताए ।

कालिका नगरपालिकाले यसअघि चितवनका पत्रकारहरुको सात लाखको दुर्घटना बीमा गराएको थियो । तर यसपटक नगरपालिकाले कार्यविधि नै बनाएर दुर्घटना बीमा गराएको नगरप्रमुख रेग्मीले बताए ।

रेग्मीले जिल्लाको जुनसुकै भूगोलमा बसेर पत्रकारिता गरिहेका पत्रकार भए पनि सबैको बीमा कालिका नगरपालिकाले गर्न पाउँदा खुसी लागेको बताए ।

उनले नगरपालिकाप्रति पत्रकारहरुलाई सकारात्मक बनाउनका लागिभन्दा पनि सामाजिक उत्तरदायित्व सम्झिएर बीमा गरेको बताए ।

यो बीमाअन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको पत्रकारको परिवारलाई १० लाख र घाइते हुने पत्रकारको उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बीमा गरिनेछ ।

नगरपालिकाका उपप्रमुख विमला तामाङले नगरपालिका र महासंघका बीचमा संस्थागत रुपमा यो कार्यक्रमसँगै सहकार्य भएको बताइन् ।

महासंघका अध्यक्ष अधिकारीले हाल महासंघमा २७६ पत्रकार रहेकोमा अन्यत्र दुर्घटना बीमा भएकालाई घटाइने बताए ।

संस्थागत रुपमा नगरपालिकासँग सम्झौता गर्न पाएकोमा खुसी प्रकट गर्दै अध्यक्ष अधिकारीले यसबाट पत्रकार र परिवार लाभान्वित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?