+
+

मुक्तिनाथ विकास बैंक १७औं वर्षमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १७:३०

काठमाडौं । मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश गरेको छ । १९ पुस २०६३ देखि सञ्चालनमा आएको बैंकले आफ्नो वार्षिकोत्वसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।

१७ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले केन्द्रीय कार्यालयबाटै डिजिटल माध्यममार्फत एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको औपचारिक रुपमा उद्घाटन गरेको छ ।

सो अवसरमा बैंकका अध्यक्ष भरतराज ढकालले बैंकलाई साथ दिने सेयरधनी, ग्राहक, नियमक निकाय, कर्मचारी एवं शुभचिन्तकहरुलाई धन्यबाद दिए । अध्यक्ष ढकालले गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धि, बर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न अभियानहरु सञ्चालनमा ल्याएको जानारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?