+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

४३ गाडीको प्रदूषण जाँच गर्दा १४ वटा ‘फेल’

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १८:२४

१९ पुस, काठमाडौं । ट्राफिक प्रहरीले अत्याधिक वायु प्रदूषण गर्ने १४ वटा सवारी सधानलाई कारबाही गरेको छ ।

मंगलबार काठमाडौंको कलंकीमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङमा अत्याधिक धुँवा फाल्‍ने सवारी सधानमाथि कारबाही गरिएको हो । ती सवारी सधानको कागजपत्र पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बबरमहलस्थित वातावरण विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको तालिम प्राप्त दक्ष प्राविधिकसहितको टोलीले कंलकीमा ४३ वटा सवारी सधानलाई चेक गर्दा १४ वटा अत्याधिक कालो धुँवा फाल्‍ने सवारी साधन भेटिएको थियो ।

सवारी साधन मर्मत पश्‍चात तोकिएको जरिवाना तिरे मात्रै नियन्त्रणमा लिइएका कागजपत्र फिर्ता दिइने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले बताए ।

साथै अत्याधिक धुँवा फाल्न‍े सवारी साधन चलाउँदा वायु प्रदूषण हुनुका साथै दुर्घटनाको जोखिम भएकाले सवारी साधनको अवस्था चेकजाँच गर दुरुस्त अवस्थामा मात्र चलाउन ट्राफिक प्रहरीले अपील गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?