+
+

नेपाल प्राध्यापक संघको राष्ट्रिय अधिवेशन अन्योलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १३:२६

२० पुस, काठमाडौं । नेपाल प्राध्यापक संघले विभिन्न विश्वविद्यालयका प्राध्यापक संघहरुलाई फागुन मसान्तभित्र राष्ट्रिय अधिवेशन गर्न निर्देशन दिएको छ ।

संघको विधान अनुसार विश्वविद्यालयका प्राध्यापक संघहरुले असोज मसान्तभित्र अधिवेशन गर्नुपर्ने र केन्द्रीय महाधिवेशन पुस मसान्तभित्र गरिसक्नुपर्ने थियो । तर यस वर्ष प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका कारण ढिलाइ भएको महासचिव नरेन्द्र शिवाकोटीले जानकारी दिए ।

महाधिवेशनअघि ११ मध्ये ६ विश्वविद्यालयमा संघको राष्ट्रिय अधिवेशन हुनुपर्छ । अहिलेसम्म पोखरा विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको मात्रै अधिवेशन सकिएको छ ।

राजर्षी जनक विश्वविद्यालय प्राध्यापक संघले ५ माघमा, सुदुर पश्चिम विश्वविद्यालय प्राध्यापक संघले २१ माघमा, पब्लिक क्याम्पस प्राध्यापक संघले ६ र ७ फागुनमा अधिवेशन गर्ने मिति तोकेका छन् ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापक संघले पनि हालसम्म अधिवेशन गरेको छैन । महासचिव शिवाकोटी भन्छन्, ‘त्रिवि प्राध्यापक संघसहित अन्य पाँच वटाले मात्रै अधिवेशन सम्पन्न गरेको ३५ दिनभित्र हामी मिति घोषणा गर्छौं ।’

विधान अनुसार समितिको एक वर्षसम्म म्याद थप गर्न मिल्छ । तर म्याद थप नगरी चाँडो महाधिवेशन गर्ने महासचिव शिवाकोटी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?