+
+

सुदूरपश्चिममा २८ पुसमा सभामुखको निर्वाचन, २७ गते उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १३:२८

२० पुस, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सचिवालयले बुधबार सूचना जारी गर्दै २८ पुसमा सभामुखको निर्वाचन हुने जानकारी दिएको छ ।

सचिवालयले २७ गते बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म प्रदेशसभाको कुनै सदस्यले सभामुखमा मनोनयन दर्ता गराउन सक्ने बताएको छ । दिउँसो ३ बजेसम्म दर्ता भएको प्रस्तावअनुसारको नामावली प्रकाशन गर्ने, दिउँसो ४ बजेसम्म प्रस्तावमाथि दाबी विरोधको समय तोकिएको छ ।

४ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने समय राखिएको छ भने २८ गते दिउँसो १ बजे प्रदेशसभा भवनमा सभामुख चयनका लागि मतदान हुनेछ । प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा आइतबार बसेको सर्वदलीय बैठकले २ माघमा सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो ।

तर प्रदेशसभा सचिवालयले नियमावली देखाउँदै २८ गते सभामुखको निर्वाचन गर्ने जनाएको थियो । सोमबारको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्यले २८ गते सभामुखको निर्वाचनका लागि आवश्यक व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?