+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिंहदरबार आएर भारतीय राजदूतले दिए उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १३:५४

२० पुस, काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

बुधबार बिहान सिंहदरवारस्थित भौतिक पूर्वाधार मन्त्रालयमा भारतीय राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

भेटमा भारतीय राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र भारतबीचको वर्षौंदेखिको मैत्रीपूर्ण सम्बन्ध र नागरिकस्तरको सम्बन्धबारे चर्चा गरेका थिए । त्यस्तै विकास निर्माण र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?