+
+

दादुराको संक्रमणबाट नेपालगञ्जमा एक बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १६:५५

२१ पुस,बाँके । दादुराको संक्रमणबाट नेपालगञ्जमा बुधबार एक बालकको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलका अनुसार बिरामी भएर घरमै उपचार गराइरहेका बालकको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार अहिलेसम्म दादुराका २५ जनाभन्दा बढी बिरामी फेला परेका छन् ।

दादुराले बालकको मृत्यु भएपछि नेपालगञ्जमा संक्रमणको खतरा बढेको भन्दै स्वास्थ्य कार्यालयले आकस्मिक बैठक बसेर प्रकोप नियन्त्रणका लागि सहयोग गर्न सबै स्थानीय तहमा पत्र पठाएको छ ।

अभिभावकले दादुराबाट बिरामी भएका बालबालिकालाई लुकाएकाले उपचार तथा रोग निदानमा ढिलाइ भएको पौडेलले बताइन् ।

‘धेरैजसो बिरामीलाई घरमै राखेर उपचार गरिँदै छ,’ स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले भनिन्, ‘अब थप बिरामीको खोजी गर्दै र दादुराविरुद्धको खोप लगाउने तयारीमा छौं ।’

उनले ४५ हजार डोज खोप आइपुगेको र जनशक्ति जुटाएर लगाउन थाल्ने बताइन् ।

शनिबार पाँच जनाबाट नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको थियो । जसमध्ये एकै घरका चार जनामा दादुरा पुष्टि भएको थियो ।

शहरमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन, युनिसेफ, स्वास्थ्य कार्यालय, नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको टोली निगरानीमा खटिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?