+
+

सनराइज बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १३:१७

काठमाडौं । सनराइज बैंक लिमिटेडका ग्राहकले काठमाडौंको पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलको सेवामा विशेष छुट पाउने भएका छन् ।

छुटसम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ अफिसर सुरेशकुमार मनोहरनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले यस बैंकको के्र्रडिट, डेबिट कार्ड वा मोवाइल बौकिङ मार्फत फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवा तथा उपचार सुविधामा छुट लिन सक्नेछन् ।

बैंकका ग्राहकहरुले फ्रन्टलाइन हस्पिटलको ओपीडी सेवा र बेड शुल्कमा १३ प्रतिशत, ओपीडी फार्मेसीमा ७ प्रतिशत र शल्यक्रिया सेवा शुल्कमा ५ प्रतिशत छुट पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?