+
+

बुटवलमा सामूहिक कुटपिटबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते २०:१०

२२ पुस,बुटवल । बुटवलमा सामूहिक कुटपिटबाट एक पुरुषको हत्या गरिएको छ । बुटवल उपमहानगरपालिका-१३ नागरिक टोलका ५५ वर्षिय यमप्रसाद नेपालको घरमै बसिरहेको बेला एक समूहले कुटपिट गर्दा ज्यान गएको हो ।

शुक्रबार साँझ ६ बजे स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा आएका अमृत पराजुली,अनिल पराजुली,खेम पाण्डे,गायत्री पराजुली लगायतले कुटपिट गर्दा नेपालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए ।

डीएसपी थापाका अनुसार  कुटपिटको प्रतिकार गर्दा यमप्रसादका दुई छोराहरु दीपेश र दिवस घाइते भएका छन् । कुटपिटपछि नेपाललाई नजिकैको एडमण्ड सिटी अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?