+
+

कर्मयोग फाउन्डेसनले गर्‍यो चेपाङ गाउँको विद्यालय पुनर्निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १७:००
विद्यालय पुनर्निर्माणपछिको हस्तान्तरण कार्यक्रम ।

२४ पुस, चितवन । कर्मयोग फाउन्डेसनले चितवनको इच्छाकामना ६ कुयलघारीमा रहेको श्री राष्ट्रिय आधारभुत विद्यालयको पुनर्निर्माण गरेको छ ।

सिमान्तकृत चेपाङ समुदायको बसोबास रहेको कुयलघारीको यो विद्यालयको भवन जीर्ण रहेको र बालबालिका धुलो मैलेमा नै बसेर पढ्न बाध्य भएको देखेपछि विद्यालय भवनको पुनर्निमाण गरेको फाउन्डेसनका अध्यक्ष सौरभ रिमालले जानकारी दिए ।

उनको अनुसार विद्यालय भवनको मर्मत गर्दै प्लास्टर गरिएको र कक्षाकोठा पनि व्यवस्थित गरिएको छ । जसमा साढे ५ लाख रुपैयाँ खर्च लागेको रिमालले बताए ।

‘हामी आउँदा विद्यालयमा झ्याल ढोका सबै बिग्रिएको, भवन पनि त्यस्तै, धुलोले विद्यार्थीहरु पनि त्यस्तै,’ रिमालले भने, ‘यो देखेपछि साथीभाइ र केही सहयोग दातासँग भनेर विद्यालय पुनर्निर्माण गरेको हौं, यसमा प्रोफेसर अनिता ढुंगेलले धेरै सहयोग गर्नुभएको छ ।’

विद्यालय भवन पुनर्निर्माण गरेपछि धेरै सहयोग पुगेको शिक्षिका सुनिता थापाले बताइन् । ‘विद्यालय भवनमा धुलो मैलो हुँदा विद्यार्थीलाई धेरै समस्या थियो,’ थापाले भनिन्, ‘कर्मयोग फाउन्डेसनले विद्यालय भवन बनाएपछि सफा सुग्घर भएको छ, सफा ठाउँमा बसेर पढ्न पाउँदा विद्यार्थी खुसी छन् र हामीलाई पनि धेरै सहयोग पुगेको छ ।’

पुनर्निर्माण अघि र पछि ।

यो विद्यालयमा ७० जना विद्यार्थी अध्ययनरत छन् । फाउन्डेसनले उनीहरुका लागि पोशाक तथा शैक्षिक सामग्री पनि प्रदान गरेको रिमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?