+
+

वृद्धाश्रमलाई कलाकारले दिए न्यानो लुगा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १७:५३

काठमाडौं । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले काठमाडौंको ‘धुम्बाराही लायन वृद्धाश्रम नेपाल’मा आश्रित वृद्धवृद्धालाई सहयोग गरेको छ । वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई बढ्दो चिसोले समस्या बनाएपछि न्यानो कम्बलसहित खाद्यान्न, फलफूल र नगद सहयोग हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईंले जानकारी दिए ।

त्यस अवसरमा कला क्षेत्रका विभिन्न विधामा सक्रिय स्रष्टा तथा प्रस्तोता आबद्ध रहेको एकेडेमीलेसांस्कृतिक प्रस्तुति समेत दिएको थियो । कलाकारले भजन गाउँदा वृद्धवृद्धाले नाचगान समेत गरे । कलाकार आएर नाचगानसहित आफूहरुलाई मनोरञ्जन दिएपछि वृद्धवद्धा खुसी देखिएका थिए ।

कला क्षेत्रका विभिन्न विधामा आवद्ध संगीतकर्मीको हकहितका लागि संस्था स्थापना भए पनि सामाजिक कार्यमा समेत सक्रिय रहने उद्देश्यले वृद्धाश्रमलाई सहयोग गरेको प्रतिष्ठानका महासचिव तथा संगीतकार दीपक शर्माले बताए ।

नौ वर्षअघि स्थापना भएको वृद्धाश्रममा १२ जना आश्रित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?