+
+

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १३:०५

२५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आह्वान गरेको छ ।

सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डका लागि विश्वासको मत मागेको हो ।

‘विश्वासको मतका लागि सबै दललाई आह्वान गर्ने, दललाई मात्रै नभएर सांसदहरुसँग पनि कुरा गर्नका लागि पहल गर्न दलका नेताको निर्देशन भयो’, संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले भने ।

बैठकमा माओवादी संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि सबै दलसँग कुरा गरेको बताएका थिए ।

‘सबै दलसँग कुरा भएको छ,’ प्रचण्डको भनाइ थियो, ‘एकीकृत समाजवादीसँग पनि कुरा भएको छ । नेपाली कांग्रेस लगायतका दलहरुसँग पनि विश्वासको मत दिनका लागि हामीले अपिल गरेका छौं ।’

त्यस्तै बैठकमा सांसदहरुलाई संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे प्रशिक्षण समेत भएको पाण्डेले जानकारी दिए । उपप्रधानमन्त्री एवम माओवादी राष्ट्रिय सभा दलका नेता नारायणकाजी श्रेष्ठले यसबारे सांसदहरुलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?