+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन ओलीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १३:११

२५ पुस, काठमाडौं । नेकपा एमालेले विश्वासका मत दिनका लागि अनिवार्यरुपमा उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।

संसद बैठक सुरु हुनुअघि सोमबार बानेश्वरस्थित संसद भवनमै बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । ‘भोलि अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा भोट हाल्न निर्देशन भएको छ,’ बैठकबारे एमाले नेता सुवास नेम्वाङले भने ।

प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा आफूहरु ढुक्क रहेको बैठकमा ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?