+
+

प्रचण्डलाई शुभकामना दिंदै माधव नेपालले भने : बोली र व्यवहारमा सामञ्जस्य होस्

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १४:४७

२५ पुस, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले पनि संविधानको पालना गर्नुपर्छ भन्ने मनन गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिए ।

प्रचण्डले सबै क्षेत्रमा परिवर्तन देखिने गरी काम देखाउने प्रतिबद्धता व्यक्त गरेको भन्दै उनले भनेका छन्, ‘परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढोस् । बोली र व्यवहारमा सामञ्जस्य आओस् ।’

भोलि प्रधानमन्त्रीले विश्वासको मत लिने तय भएको उल्लेख गरेका उनले एकीकृत समाजवादीले के गर्छ भन्ने चाहिं खुलाएनन् । उनले भने, हामी पनि चाहनौं कि छिनछिनमा सरकार परिवर्तन होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?