+
+

डिप्रोक्स लघुवित्तले २१.०५३ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १५:१०

२६ पुस, काठमाडौं । डिप्रोक्स लघुवित्तले २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २५ पुस आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि समेत गरी ११.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?