+
+

ए डिभिजन लिगका लागि खुमलटारले भित्र्यायो मेसुकेसहित तीन विदेशी खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १६:४३

२६ पुस, काठमाडौं । शीर्ष डिभिजनमा डेब्यूको तयारीमा रहेको एफसी खुमलटारले नेपालमा स्थापित स्ट्राइकरहरु मेसुके ओलोमोउ र स्टेफन विनोङसहित तीन विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।

अघिल्लो सिजन न्युरोड टिम (एनआरटी)बाट ए डिभिजन लिग खेलेका मेसुके र स्टेफनले हालै पोखरामा सम्पन्न आहा रारा पोखरा गोल्डकपमा संकटालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिकामा थिए । यी दुईको प्रमुख प्रदर्शनमा डेढ वर्षअघि पहिलोपल्ट आयोजित नेपाल सुपर लिगमा काठमाडौं रेजर्सले उपाधि जितेको थियो ।

खुमलटारले अर्का विदेशी खेलाडीका रुपमा घानाका मिडफिल्डर थियोफिलस अपोहलाई अनुबन्ध गरेको छ । उनी पहिलोपल्ट नेपालमा आएर खेल्न लागेका हुन् ।

गत सिजन बी डिभिजन लिगमा दोस्रो भएर पहिलोपल्ट ए डिभिजनमा उक्लिएको खुमलटारले शीर्ष डिभिजनमा प्रभावशाली नतिजाको आशा गर्दै प्रशिक्षकसहित १३ जना नयाँ खेलाडी अनुबन्ध गरेको छ ।

खुमलटारले हालै १० जना नेपाली खेलाडी अनुबन्धन गरिसकेको छ । गोलरक्षकहरु चाङ थेवे र देव लिम्बु, डिफेण्डरहरु अनिल गुरुङ, रोहित सुब्बा र पदम भट्टराई, मिडफिल्डरहरु नितिन थापामगर र जय गुरुङ, तथा फरवार्डहरु श्याम मुरमुर, राजीव लोप्चन र मनिष थापालाई अनुबन्ध गरिसकेको छ ।

खुमलटारले यो सिजनका लागि यामप्रसाद गुरुङलाई टिमको मुख्य प्रशिक्षणको जिम्मा सुम्पिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?