
काठमाडौं । फिनल्याण्डमा भएको ‘प्रथम हिमालयन कप’ भलिबल प्रतियोगिताको उपाधि माल्टा नेपाली टिमले जितेको छ ।
युरोपमा रहेका नेपालीहरुको टिम सहभागी आइतबार भएको प्रतियोगितामा डेनमार्कलाई ३-० को सोझो सेटमा हराउँदै माल्टा विजयी भएको आयोजक हिमालयन स्पोर्ट्स क्लबका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए ।
पाँच टिम सहभागी प्रतियोगिताको विजेताले ट्रफीका साथमा दुई हजार युरो नगद पुरस्कार प्राप्त गर्यो । उपविजेता बनेको डेनमार्क टिमले ट्रफीसहित एक हजार युरो प्राप्त गर्यो ।
युरोपेली मुलकमा बसोबास गर्ने नेपालीहरुमा खेलकुद गतिविधिको प्रवद्र्धन तथा आपसी सम्पर्क र सहकार्यलाई बढावा दिने उद्देश्यले प्रतियोगिता गरिएको अध्यक्ष चापागाईंले बताए । यस्तो प्रतियोगिता हरेक वर्ष आयोजना गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।
इगल्स ट्रान्सपोर्टको मुख्य प्रायोजन रहेको प्रतियोगितालाई सोलु र इण्डियन मार्केट तथा जिन्जर, नेपाल प्यालेस, भालिमाे, एभरेष्ट र खुकुरी नेपाली रेष्टुरेन्टले प्रायोजन गरेका थिए ।
प्रतिक्रिया 4