+
+

मिस वर्ल्डका लागि प्रियंकाले पोखरामा गरिन् च्यारिटी गाला

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते १२:०३

काठमाडौं । आगामी मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको परियोजनाका लागि मिस नेपाल प्रियंकारानी जोशीले अर्थ सहायता जुटाउन थालेकी छन् । मंगलबार प्रियंकाले पोखरामा आयोजना गरेको च्यारिटी गालामा पोखरेली उद्यमी व्यवसायीदेखि गायक प्रेमराजा महतसम्म उपस्थित रहे ।

उक्त गालामा उपस्थित भएका पाहुनाले परियोजनालाई सफल बनाउन र जितको लागि मिस नेपाल प्रियंकालाई शुभकामना दिए । प्रियंकाको मिस वर्ल्ड अभियानमा अवैतनिक वाणिज्यदूत तथा गायक महतले पनि अग्रसरता लिएका छन् ।

मिस नेपालको स्यास र क्राउनमै उपस्थित भएकी प्रियंकाले ब्युटी विथ पर्पस परियोजना अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा सोलारमार्फत बिजुली पु¥याउनेदेखि त्यहाँ उद्यमशीलताका अन्य कार्यक्रम सञ्चालन गर्न लागेकोबारे ब्रिफिङ गरेकी थिइन् ।

उक्त परियोजना सम्पन्न गर्न अनुमानित ६० लाख रुपैयाँ लागत लाग्ने अनुमान छ । यसका लागि उनले हालैको आफ्नो अमेरिका भ्रमणमा त्यहाँस्थित गैरआवासीय नेपालीलाई पनि सघाउन आग्रह गरेकी थिइन् । अन्य सरकारी निकायलाई पनि उनले अपील गरेकी छन् ।

मिस वर्ल्डका प्रत्येक संस्करणमा नेपाल दाबेदार हो । यसअघि नेपालले यो विधामा जित हासिल गरिसकेको छ । विगतमा जितिसकेको अनुभव भएकाले पनि नेपालले यो विधामा जोड दिंदै आएको छ । अघिल्ला मिस नेपालले पनि झोलुंगे पुल, स्वास्थ्य चौकीदेखि अन्य सामाजिक परियोजना निर्माणको कार्य गरिसकेका छन् । मिस वर्ल्ड २०२३ को मिति र स्थान चाहिं तय भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?