+
+

बैतडीमा नेपाल-इन्डो क्रिकेट सुरू

रासस रासस
२०७९ पुष २७ गते १३:२१

२७ पुस, काठमाडौं । बैतडीमा आजदेखि प्रथम खुल्ला नेपाल इन्डो टी–२० क्रिकेट प्रतियोगिता सुरु हुदैछ । पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले रु ४० हजार र उपविजेता टोलीलाई रु २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिए ।

यस्तै म्यान अफ द सिरिजलाई रु तीन हजार, बेस्ट ब्याट्सम्यानलाई रु एक हजार पाँच सय, बेस्ट बलरलाई रु एक हजार पाँच, बेस्ट किपरलाई रु एक हजार एक सय ११ र बेस्ट फिल्डरलाई रु सात सय ७७ पुरस्कार दिइनेछ ।

दशरथचन्द नगरपालिका-१० स्थित बुड्डाबाजे खेलमैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिताका खेल लिग चरणमा खेलाइने छन् ।

सीमावर्ती क्षेत्रका बासिन्दाबीच खेलमार्फत सद्भाव कायम गर्न र क्रिकेट विकास, खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चन्दको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?