+
+

नेपाल टी-२० लिगको उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते १३:५२

२७ पुस, काठमाडौं । नेपाल टी–२० लिगको फाइनलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्सलाई १३४ रनको लक्ष्य पेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी १९.२ ओभरमा अल आउट भयो ।

सुरुवात राम्रो गरे पनि मध्यक्रममा ब्याटरहरुको प्रदर्शन अपेक्षाअनुसारको नहुँदा लुम्बिनी १३३ रनको कमजोर योगफलमा सिमित भयो ।

ओपनरहरु हरमित सिंह र लाहिरु मिलन्थाले ६४ रनको साझेदारी गर्दै सानदार सुरुवात गरेका थिए । हरमित ३० र लाहिरु ४१ रनमा आउट भए ।

कप्तान दिपेन्द्र सिंह ऐरी २० र इशान पाण्डले १८ रन बनाउँदा बाँकी कसैले पनि दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

६ जना बलर प्रयोग गरेको विराटनगरका सबैले विकेट लिए । नन्दन यादव र राज ननन्ले २–२ विकेट लिए । हुसेन तलात, केन जोसेफ, सूर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए । सूर्यले ४ ओभर बलिङ गर्दा मात्र ८ रन दिए ।

यस प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख र उत्कृष्ट ब्याटर र बलरले जनही २ लाख ५० हजार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?