
काठमाडौं । भारतमा विद्युतीय निर्माण सामग्री (ईसीएम) को सबैभन्दा ठूलो घरेलु उत्पादक मध्ये एक पानासोनिक लाइफ सोलुसन्स इन्डियाले नेपालमा पहिलो पटक शोरुम सञ्चालनमा ल्याएको छ ।
कम्पनीले सार्क क्षेत्रमै २१ औं र नेपालमा पहिलो एक्सक्लुसिभ हाउजिङ सोलुसन फ्रेन्जाइज शोरुम सञ्चालनमा ल्याएको हो । ईसीएम स्पेसबाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउजिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा काम गर्दै आएको छ ।
अत्याधुनिक उत्पादन डिजाइनका साथ शोरुमले उत्कृष्ट–स्तरीय मोड्युलर किचेन्स, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट (इटिएस), लुगा सुकाउने प्रणाली, रिभोल्भिङ सुज र्याक जस्ता उन्नत पानासोनिक हाउजिङ सोलुसन जस्ता आकर्षक छनोट सहितका उत्पादनहरु शोरुममा उपलब्ध गराउने छ ।
कम्पनीले अर्को पुस्ताको प्रविधिको अनुभव लिन सहज बनाउँदै आवासीय, व्यावसायिक र औद्योगिक क्षेत्रका लागि जुत्ता र्याक र सिटेड शावर जस्ता उत्पादन पनि ल्याउने छ । प्राविधिक ज्ञान भएका उपभोक्ता माझ नवीन आवास समाधानहरुको माग बढ्दै गइरहको कम्पनीको भनाइ छ ।
कम्पनीले शहरी उपभोक्ताहरुलाई लक्षित गर्दै समग्रमा फर्स्ट–ह्याण्ड अनुभव मार्फत नवीन घरेलु समाधानहरु प्रदान गर्ने लक्ष्य राखेको छ ।
पानासोनिक लाइफ सोलुसन्सको विश्वव्यापी विशेषज्ञताका कारण काठमाडौंका रियल स्टेटसँग सम्बन्धित, आर्किटेक्टहरु, इन्टेरियर डिजाइनरहरु र उपभोक्ताहरुलाई अनुपम अनुभव प्रदान गर्ने उत्प्रेरकको काम गर्ने कम्पनीले बताएको छ ।
परिष्कृत सुरक्षा, आराम र सुविधाको कारण रणनीतिक रुपमा अवस्थित पानासोनिक लाइफ सोलुसन्सको शोरुम घरलाई सुन्दर र जीवनलाई सहज वनाउन आवश्यक उत्पादन हरु तथा समाधानहरुको विस्तृत श्रृंखलाले पूर्ण हुने कम्पनीको भनाइ छ ।
पानासोनिक होम एण्ड लिभिङका लागि काठमाडौंको शोरुम रुक्मणी इन्टरनेशनल फ्रेन्चाइजीका साझेदार आदित्य बुधियाले रुक्मणी इन्टरनेसनल नयाँ साझेदारीबाट निकै उत्साहित रहेको बताए ।
पानासोनिक लक्जरी कलस किचेन्सहरु एशियाली घरहरुका लागि साँच्चै एशियाली किचनहरु भएको उनले बताए ।
काठमाडौंका ग्राहकहरुले टेकुमा रहेको शोरुममा गएर भ्रमणका साथै अनुभव लिन सक्ने कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4