
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ ।
आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा साना किसान विकास लघुवित्तका संस्थाका उपप्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।
सम्झौतासँगै साना किसान विकास लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ ।
साना किसान विकास लघुवित्तले एनसीएचएल-आईपीएस र आरपीएस/कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु गर्न सक्ने संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबार पनि गर्न सकिने कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4