+
+

बार्सिलोनाबाट उपाधि जित्न व्यग्र छन् जाभी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १२:५९

२८ पुस, काठमाडौं । जाभी हर्नान्डेजले बार्सिलोनाका लागि सुपरकोपा डी स्पानाको उपाधि जित्ने अवसर रहेको बताएका छन् । जसले टिमको आत्मविश्वास बढाउने आशा उनको छ ।

यसका बाबजुद उनले रियल बेटिससँग सावधान रहन चेतावनी दिएका छन् । किनभने बेटिस यस्तो टिम हो जो सुन्दर खेलका लागि चिनिन्छ र स्पेनमा सर्वश्रेष्ठमध्येको एक हो ।

‘उनीहरु यस्ता प्रतिस्पर्धी हुन् जो बलसँग निकै सुन्दर तरिकाले खेल्छन् । प्रशिक्षक आक्रामक छन् । टिमका सबै खेलाडी उनका लागि खेल्छन् । उनीहरु प्राविधिक रुपमा बलियो छन्,’ जाभीले भनेका छन्, ‘उनीहरु पूर्ण छन्, त्यसैले हामी सचेत हुनुपर्छ ।’

जाभीलाई बार्सिलोनाको प्रशिक्षकका रुपमा पहिलोपल्ट उपाधि उचाल्ने अवसर सुपरकोपाले दिने सम्भावना छ । ‘यो यस्तो उपाधि हो जुन हामीले अहिलेसम्म जितेका छैनौं । हामीले राम्रो खेलिरहेका छौं र आफ्नो व्यक्तित्व देखाउने प्रयास गर्नेछौं,’ जाभी भन्छन् । यो उपाधि जितेमा पनि हामीमा खास परिवर्तन आउने छैन । तर, हामी सिजनको पहिलो उपाधिका लागि प्रेरित छौं र यसले मानसिक रुपमा शान्त बनाउनेछ ।’

जाभीले बार्सिलोनाबाट आफ्नो पहिलो उपाधिका लागि प्रतीक्षारत रहेको बताए । ‘म वास्तवमै यसका लागि उत्सुक छु । म यहाँ उपाधि जित्नका लागि आएको हुँ । यदि हामीले यो सिजन कुनै उपाधि जित्न सकेनौं भने तपाईहरुले मलाई छाड्नुहुन्न,’ पत्रकार सम्मेलनमा जाभीले भने ।

बार्सिलोनाबाट सर्जियो बुस्केटको भविष्य टाढिने सम्भावनाबीच जाभीले आफ्ना पूर्व टिममेटको महत्वको चर्चा गरे ।

‘मेरा लागि उनी टिममा प्रभावशाली खेलाडी हुन् । उनी कप्तान हुन् र ड्रेसिङ रुपका अभिभावक हुन् । उनी जहिले पनि टिमलाई अगाडि राखेर खेल्छन् । मैदानबाहिर हुँदा पनि त्यस्तै सोच्छन्,’ जाभीले भने ।

साउदी अरबमा भइरहेको यो प्रतियोगितामा यो खेल जितेमा बार्सिलोनाले उपाधिका लागि रियल मड्रिडसँग खेल्नेछ । रियलले भ्यालेन्सियालाई हराएर फाइनलमा स्थान बनाइसकेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?