+

जोआओ फेलिक्स चेल्सीमा आवद्ध

२०७९ पुष  २८ गते १५:५९ २०७९ पुष २८ गते १५:५९
जोआओ फेलिक्स चेल्सीमा आवद्ध

२८ पुस, काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड जोआओ फेलिक्स इंग्लिस क्लब चेल्सीमा आबद्ध भएका छन् । उनलाई एट्लेटिकोले ११ मिलियन युरो लोनमा एक सिजनका लागि चेल्सी पठाएको हो ।

चेल्सीले म्यानचेस्टर युनाइटेड र आर्सनललाई पछि पार्दै फेलिक्सलाई अनुबन्ध गर्न सफल भएको हो ।

२३ वर्षका फरवार्ड फेलिक्सले स २०२७ सम्मका लागि एट्लेटिको मड्रिडसँगको सम्झौता पनि नवीकरण गरेका हुन् ।

बेनोइट बादियाशिले, डेभिड डाट्रो फोफाना र एन्ड्री सान्तोसपछि २३ वर्षीय फेलिक्स चेल्सीमा पुग्ने चौथो खेलाडी हुन् ।

फेलिक्स सन् २०१९ मा बेन्फिकाबाट १२६ मिलियन युरो (१११ मिलियन पाउण्ड) को सम्झौतामा एट्लेटिकोमा सामेल भएका थिए ।

यस सिजनमा सबै प्रतियोगिताहरूमा ५ गोल र ३ असिस्ट गरेका फेलिक्सलाई एट्लेटिकोले प्रशिक्षक डिएगो सिमिओनसँगको बिग्रदो सम्बन्धका कारण चेल्सी पठाएको हो ।

चेल्सीका बोस ग्राहम पोटरले भने खेलाडीको जरुरत भएका कारण फेलिक्सलाई अनुबन्ध गरेको बताए । ‘उनी एक उपयुक्त खेलाडी हुन् । उनले मैदानमा केही न केही फरक पार्नेछन् । उनको खेल हेर्न म आतुर छु’, पोटरले भने ।

फेलिक्स पनि चेल्सीमा आवद्ध हुन पाएकोमा खुसी छन् । ‘चेल्सी विश्वको एक उत्कृष्ट टिम हो । म आशा गर्छु मैले टिमलाई उनीहरुको लक्ष्य हासिल गर्न सहयोग गर्न सकुँ । म यहाँ आउन पाउँदा निकै खुसी छु, म स्टामफोर्ड ब्रिजमा खेल्न निकै उत्साहित छु’, उनले भने ।

जोआओ फेलिक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय