
काठमाडौं । केन्ट भारत ब्रान्डको नेपालमा आधिकारीक वितरक ईओएल प्रालिले नयाँ एमसीबी र थप विद्युतीय सामानहरू नेपाली बजारमा ल्याएको छ ।
हाल कम्पनीले बजारमा नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट मोड्युलर ब्याटन होल्डर, आईस्मार्ट ६ए प्लग टप, मेल फिमेल बेला, मेटल बक्स ४ एम (५ ह३)–२१ गज, मेटल बक्स १ एण्ड २ (३×३)–२१ गज, नेक्स एमसीबी टीपीएन सिरिज लगायतका समान ल्याएको जनाएको छ ।
सबै सामानहरू नेपालभरि बजारमा सजिलै पाइने कम्पनीले जनाएको छ । केन्टको पहिले नै बजारमा नेक्स सिरिजको सेमी–मोड्युलर स्विचहरू, विभिन्न प्रकारका फ्यानहरू, ग्यास र इलेक्ट्रिक गिजरहरू, हेलोजन हिटरहरू उपलब्ध रहेको जनाएको छ ।
ईओएल प्रालि, सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको सब्सिडी कम्पनीले २०१७ देखि विद्युतीय उत्पादनहरू जस्तै फ्यान, सेमी–मोड्युलर स्विचहरू, एमसीबी, होल्डरहरू र रुम हिटर, वाटर हिटर र गिजरहरु प्रतिष्ठित ब्रान्ड केन्ट भारत ब्रान्डका उत्पादनहरू मार्केटिङ र वितरण गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया 4