+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दियालो टेक्नोलोजिजले ल्यायो उपभोक्ता आफैंले पानीको गुणस्तर मापन गर्नसक्ने प्रविधि

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १८:१३

काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले विकास गरेको पूर्ण अटोमेसनको स्मार्ट वाटर प्रविधिको सहायताले उपभोक्ताले आफूले पिएको पानीको गुणस्तरको मापन गर्न सक्ने भएका छन् । स्मार्ट वाटर प्रविधि अन्तरगत रहेको एक सेन्सर मार्फत उपभोक्ताले समेत आफ्नो घरमा आएको खानेपानीको गुणस्तर थाहा पाउन सक्ने कम्पनीले जनाएको छ ।

दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ, बिलिङदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको जनाएको छ । जसमा खानेपानीको गुणस्तर मात्र नभइ खानेपानीको स्रोतदेखि उपभोक्ताका घरका धारासम्मलाई स्मार्ट बनाएको दाबी कम्पनीको छ ।

काठमाडौंको टोखा खानेपानी समितिबाट पाइलट प्रोजेक्टका रूपमा सुरू गरिएको यस प्रणालीलाई लागु गर्न देशभरका खानेपानी समितिहरू उत्सुक देखिएको कम्पनीले जनाएको छ । केही खानेपानी समितिहरूमा यस प्रणाली लागु हुने क्रममा जनाएको छ ।

कम्पनीले मंगलबार मोरङको उर्लावारीमा प्रदेश नं. १ मा रहेका सबै खानेपानी समितिहरूका बीचमा एक कार्यशाला गोष्ठी आयोजना गरेको जनाएको छ । कार्यशालामा दियालोका बिजनेस डेभलपमेन्ट हेड रोशन गौतमले दियालोको सफ्टवेयरका विशेषताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रमुख कार्यकारी अधिकृत पीआर खनालले समितिहरूका जिज्ञासाको जवाफ दिए । उक्त कार्यक्रम उद्घघाटन गर्दै उर्लावारी नगरपालिकाका नगर प्रमुख गंगा खरेलले पानी जस्तो महत्वपूर्ण वस्तुको उपभोक्ताले नै गुणस्तर हेर्न पाउनु भनेको प्रविधिको उच्चतम विकास भएको भन्दै खानेपानी समितिहरूलाई लागु गर्न आग्रह गरे ।

हालसम्म करिब ६ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे कम्पनीले जनाएको छ । खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित उक्त प्रणालीको विकास गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?