+
+

दूतावासहरूमा पर्याप्त जनशक्ति छैन : परराष्ट्र सचिव

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १९:३१

२८ पुस, काठमाडौं । परराष्ट्र सचिव भरतराज पौडेलले विदेशमा रहेका नेपाली राजदूतावासमा पर्याप्त जनशक्ति नहुँदा कूटनीतिक कामहरूमा ध्यान दिन नसकिएको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा अन्गर्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव पौडेलले नेपालका झन्डै आधाभन्दा बढी मिसनहरू वैदेशिक रोजगारीमा जाने नेपालीको सेवामा लाग्नुपरेको बताएका हुन् ।

‘हाम्रा दूतावासहरू धेरै साना साइजका छन् । पर्याप्त जनशक्ति छैन । भएको जनशक्ति नेपालीहरुको उद्धार लगायतका समस्या समाधानमा नै केन्द्रित हुने गरेको छ,’ सचवि पौडेलले समितिको बैठकमा भने, ‘जसकारण अन्य कुराहरुमा ध्यान दिन सकेको छैन भन्ने गुनासो छ । ३,४ जनाले कति काम गर्न सक्छन् ?’ उनले मुलुकको आर्थिक स्थितिलाई हेरेर धेरै वर्षअघि खुलेका संरचनाहरूको सुधार हुनुपर्ने आवश्यक्ता औंल्याए ।

नेपालबाट वैदेशिक रोजागारीमा जानेहरूका समस्या समाधान गर्न समय लाग्ने भएकाले दूतावासहरूले आवश्यक जनशक्ति बिना अन्य आर्थिक गतिविधिका लागि सम्बन्धित राष्ट्रमा काम गर्न नसकिने अवस्था रहेको बताए ।

नेपालजस्तै वैदेशिक रोजगारीमा पठाउने अन्य मुलुकका दूतावासको क्षमता बढी भए पनि अरूको तुलनामा नेपाली दूतावासहरूले बढी काम गरेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?