+
+

वीरगञ्ज महानगरमा आज शोक विदा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते १३:०१

२९ पुस, पर्सा । वीरगञ्ज महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।

महानगरको वडा नम्बर १४ मा कार्यालय सहयोगीको रुपमा कार्यरत जितेन्द्र कुमार कुर्मीको निधन भएकोले शोक बिदा दिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

शुक्रबार महानगर अन्तर्गतका कार्यालयमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बताए ।

कुर्मीको गएको १६ गते निधन भएको थियो । शुक्रबार तेर्हौं दिनको पुण्य तिथि पारेर महानगरले शोक बिदा दिएको हो ।

महानगरले शोकसभा समेत आयोजना गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?