+
+

विमान दुर्घटनाको वास्तविक कारण पत्ता लगाई सार्वजनिक गर्न एकीकृत समाजवादीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १४:५४

१, माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले विमान दुर्घटनाको वास्तविक कारण छिटो पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घटनाको वास्तविक कारण पत्ता लगाई सार्वजनिक गर्न आग्रह गरेका छन् ।

‘नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन दुनियाले देख्ने र बुझ्नेगरी प्रभावकारी कदम चाल्न समेत नेपाल सरकार एवम् सम्बद्ध अधिकारीहरूको गंभीर ध्यानाकर्षण गराउँदछु,’ नेपालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

उडान शुभारम्भ नयाँ विमानस्थल र पर्यटक राजधानीको रूपमा रहेको पोखरामा भएको यस दुर्घटनाले पर्यटन क्षेत्रमा नकरात्मक असर पर्नेसक्ने आशंका नेपालले गरेका छन् । ‘केवल हवाई क्षेत्रमात्र होइन, सिंगो पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्न गई हाम्रो मुलुकले अवलम्वन गरेको समृद्धि र समाजवादको लक्ष्य प्राप्तिलाई समेत नकारात्मक रूपमा प्रभावित पार्नसक्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

पटक पटकका हवाई दुर्घटनाबाट नेपाली आकाश असुरक्षित भएको सन्देश विश्वसमुदायमा जानु पर्यटनको संभावना भएको मुलुकका लागि चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?