+
+

केपी ओली भेट्न बालकोट पुगे प्रचण्ड, सभामुखबारे छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १०:५४

२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास वालकोट पुगेका छन् ।

दुई नेताबीच भेटवार्ता जारी छ । आजको भेटमा मुख्यत सभामुखबारे छलफल रहेको नेताहरुले बताएका छन् ।

सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ । बिहीबार सभामुखको निर्वाचन नै हुने तय भएको छ । त्यस अगावै संघीय सरकारलाई पूर्णता दिने तयारी पनि प्रधानमन्त्री प्रचण्डको छ ।

जारी भेटमा मन्त्रिपरिषदको भागवण्डा मिले मन्त्रिपरिषद विस्तार गर्ने र सभामुखको विषयमाथिको छलफललाई अन्तिम रुप दिने दुई नेताको तयारी छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने १० वटै दलको बैठक राखेका छन् । उनले आफूलाई कांग्रेसलगायतका दललेसमेत विश्वासको मत दिएको भनी सभामुख र राष्ट्रपतिका विषयमा उनीहरुसित समेत छलफल गर्नुपर्ने बताएपछि एमाले नेताहरु सशंकित भएका छन् । यसकारण पनि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच पछिल्लो समय भेटघाट बाक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?