+
+

बस र कार ठोक्किँदा कार चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १५:४२

२ माघ, बुटवल । पश्चिम नवलपरासीमा बस र कार ठोक्किंदा कार चालकको मृत्यु भएको छ । भुमही–परासी सडक खण्ड अन्तर्गत सुनवल नगरपालिका १२ भुमही नजिकै भएको दुर्घटनामा ३५ वर्षीय ईन्द्रमणि पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक पौडेल अर्घाखाँची स्थायी ठेगाना भई हाल कपिलवस्तु वाणगंगा नगरपालिका– ८ मधुवनमा बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नं को बस र विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ३८९७ नम्बरको कार एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते पौडेललाई जिल्ला अस्पताल परासी पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको डीएसपी पाण्डेयले बताए ।

कारमा सवार यात्री घाइते भएको र उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बसमा सवार मानिसहरुलाई केही नभएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?