+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विमान दुर्घटना : २४ शवको पोखरामै पोस्टमार्टम हुने, ४५ वटा काठमाडौं पठाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १९:२७

२ माघ, पोखरा । यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ ।

बाँकी ४५ जनाको शव भने काठमाडौं पठाउन लागिएको छ ।

काठमाडौंमा शव लैजानका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा आइसकेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालले जनाएको छ ।

२४ जनाको पोस्टमार्टम गरेर शव सकेसम्म छिट्टै आफन्तलाई बुझाउने अस्पतालले जनाएको छ ।

काठमाडौं पठाइने मृतकको शव लिनका लागि आफन्तलाई काठमाडौंमै जान प्रशासनले आग्रह पनि गरेको छ ।

पोखरामा पोस्टमार्टम हुनेहरुको नाम :

त्रिभुवन पौडेल

निशान आचार्य

ओममाया गुरुङ

यस्मिन गुरुङ

पुजन राना

अरुण पौडेल

प्रशिद्धी पौडेल

जीवनकला गुरुङ

पूर्णबहादुर गुरुङ

संगीता शाही

सदाकत अलि मिया

लक्ष्मी पौडेल

निरा छन्त्याल

विजयकुमार गुरुङ

लक्की गुरुङ

शालिकराम आचार्य

डा. गणेश थापा

मोहनप्रकाश श्रेष्ठ

सिता गुरुङ

जमुना शर्मा

बन्दना सुनार

सर्बिन श्रेष्ठ

अनुषा गुरुङ

शिवकुमार गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?