+
+

टीभीएसलाई उत्कृष्ट कम्युटर तथा फिचर अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १९:३३

काठमाडौं । हालै सम्पन्न टेकलेख अवार्डमा टीभीएस रेडरले उत्कृष्ट कम्युटर तथा टीभीएस अपाचे आरटीआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड हात पारेको छ । गत वर्ष पनि रेडरले टेकलेखबाट विभिन्न अवार्ड पाएको कम्पनीले जनाएको छ ।

टेकलेखले जारी गरेको विज्ञप्ति अनुसार रेडरमा भएका सुधारहरुको आधारमा यो वर्ष पनि रेडरले यो अवार्ड प्राप्त पार्न सफल भएको जनाएको छ । कम्पनीका अनुसार रेडरको किफायती मूल्य, स्टाइल र अप्डेटेड फिचरहरुका कारण यस बाइकले अवार्ड पाएको हो ।

टीभीएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायत विशेषता उपलब्ध छन् । यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाइट, एङ्गुलर एलइडी डीआरएल तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षक बनाएको समेत कम्पनीको भनाइ छ ।

एयर आयल कुल्ड एसआई कार्बेरेटर इञ्जिनद्वारा शक्ति प्रदान गरिएको यस बाइकले ७ हजार ५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ ।

अपाचेमा निरन्तर सुधार गरिएका फिचरको गुणस्तरले यो बाइकले अवार्ड प्राप्त गर्न सफल भएको कम्पनीको दाबी छ । रिडिजाइन्ड डीएलआर, राइडिङ मोड, ग्लाइड थ्रु ट्राफिक, रेसिङ डीएनए जस्ता फिचरका कारण बाइकले टेकलेखको उत्कृष्ट फिचर अवार्ड पाएको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स नेपालमा टिभिएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरु छन् । कम्पनीले गुणस्तरीय उत्पादन, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्ट—पूर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई सेवा दिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?