+
+

मन्त्रीको शपथ लिनुअघि राजेन्द्रले भने : अग्नि परीक्षामा होमिने निर्णय गरेँ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते ११:१४

३ माघ, काठमाडौं । उपप्रधान तथा उर्जा मन्त्रीको शपथ लिने तयारीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको बताएका छन् ।

‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ’, उनले ट्वीटरमा लेखेका छन्, ‘जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपिल गर्दछु !’

राप्रपा ३ मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?