
३ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती ऐन छिट्टै ल्याउने बताएका छन् । मंगलबार पदभार ग्रहणपछि मन्त्री मोदीले सरोकारवालाहरुसँग छलफल गरेर निजामति ऐन ल्याउने बताएका हुन् ।
मन्त्री मोदीले प्रदेश र स्थानीय तहमा भएका कर्मचारीहरुको कार्यसम्पादनबारे मौजुदा समितिको मूल्यांकनलाई मान्ने निर्णय गरेका छन् ।
प्रदेश र स्थानीय तहमा अन्य सेवाबाट गएर कर्मचारी समायोजन भएर जानेहरुको गएकाहरुको कार्यसम्पादन मूल्यांकनमा द्विविधा भएको थियो । त्यसको लागि मौजुदा समितिले नै मूल्यांकन गर्ने निर्णयमा मन्त्री मोदीले हस्ताक्षर गरेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4