+
+
Shares

बालुवाटारमा ओली–नेपाल सवाल–जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते २०:३०

३ माघ, काठमाडौं । व्यक्तिगत तहमा बिग्रेको छ एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीचको सम्बन्ध ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मेलमिलाप गरेर ओलीले प्रधानमन्त्री नै बनाइसके । तर विगत एमालेमा एउटै समूहमा बसेका दुई नेता ओली र नेपाल मिल्न सकेका छैनन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित सर्वदलीय बैठकमा पनि त्यसैको प्रतिविम्ब देखियो ।

प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक थाल्दै आफूलाई विश्वासको मत दिएकामा सबै दललाई धन्यवाद दिए । आइन्दा पनि सहमतिबाटै अघि बढ्न आवश्यक रहेको भन्दै उनले कित्ताबन्दी नगर्न दलका नेताहरुलाई अनुरोध गरे । प्रचण्डले भने, ‘म एउटा गठबन्धनबाट प्रधानमन्त्री बनें, तर बाँकी पार्टीहरुप्रति पनि मेरो कहीँ न कहीँ दायित्व छ । आउनुहोस्, सहमतिबाटै राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायत पदमा साझा दृष्टिकोण बनाऔं ।’

प्रचण्डले यो पनि भन्न छुटाएनन्, ‘एमालेसँग छलफल अघि बढिसकेको छ । त्यस अनुसार ती पदहरुमा उम्मेदवार आउनेछन् । तपाईंहरुले पनि त्यसै बमोजिम सदाशय राखिदिनुभयो भने अघि बढ्न सजिलो हुने थियो ।’

एमाले अध्यक्ष केपी ओलीले प्रचण्डको भनाइलाई अझै छोटो र सिधा सारांश खिचिदिए, ‘राष्ट्रपति को, सभामुख को भन्नेमा हामीले छलफल गरिसक्यौं । अब त्यसैमा कांग्रेस लगायत पार्टीहरु सहमत भए भने त सहमति भैगो नि ?’

ओलीले यसो भन्दैगर्दा बालुवाटारमा असन्तुष्टिको कानेखुसी दौडिएको थियो ।

आफ्नो पालोमा एकीकृत समाजवादी अध्यक्ष नेपाल ओलीतिर हेर्दै कड्किए, ‘तपाईंले जसो–जसो भन्नुहुन्छ, त्यसै–त्यसै मान्दै जाने हो भने त्यही हो सहमति ? हाम्रो काम चाहिँ तपार्इंले भनेको मान्दै जाने हो ?’

तर पछि आफ्नो बोल्ने पालोमा ओलीले नेपालको जिज्ञासा सम्बोधन गरेनन् । बरु कतिपयको पालो नआउँदै उनी उठेर गइसकेका थिए ।

बैठकमा सहभागी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका अनुसार प्रचण्डले देउवा लगायत नेताहरुलाई सोधेका थिए, ‘सबैले मलाई मत दिएपछि अब प्रतिपक्ष हुन्छ कि नाइँ ?’

देउवाले प्रचण्डलाई समर्थन दिए पनि कांग्रेस नै प्रमुख प्रतिपक्ष रहेको जिकिर गरेका थिए ।

भट्टराईले बैठकमा अझै यो नयाँ गठबन्धनले कम्तीमा पाँच छ वर्ष चल्नुपर्ने तर्क गरेका थिए । उनले भने, ‘शान्ति प्रक्रिया लगायत थुप्रै काम बाँकी छन् । संघीयता कार्यान्वयनमा चुनौती छन् । सिमाना विवादहरु पनि छन् । लिपुलेक र लिम्पियाधुराका विषय बाँकी छन् । त्यसैले सहमतिमा जानुपर्छ ।’

उनले कांग्रेस लगायत दलहरुलाई जिम्मेवार भएर सोच्न आग्रह गरे ।

कांग्रेस नेताहरुले सरकारका सकारात्मक कदममा बाधक नबन्ने भन्दै काखापाखा गर्न नहुने आग्रह गरेका थिए ।

‘समग्रमा छलफल सकारात्मक भयो, सानातिना भनाभन स्वभाविक हो,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘मूख्य कुरा राष्ट्रिय सहमति हो । दलहरुले आपसमा मिल्ने स्पिरिटमै कुरा गरेका छन् ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?