+
+

मधेस प्रदेशसभाका सभामुख र उपसभामुखले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १३:२१

४ माघ, जनकपुरधाम । मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

बुधबार बिहान मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले सभामुख मण्डल र सभामुख मण्डलले उपसभामुख ईशरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उपसभामुख इशरले भने हिन्दी भाषामा सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रीहरुसहितको सहभागिता रहेको थियो ।

गत मंगलबार बसेको प्रदेशसभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो । कूल १०७ सदस्यीय प्रदेशसभामा १०३ जनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए ।

मण्डललाई सत्ता गठबन्धन दल एमाले, जसपा, माओवादी केन्द्र, जनमत, लोसपा, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र संसादहरुको समर्थन थियो । प्रदेशमा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, माओवादीका ७, लोसपाका ९, नेकपा एकीकृत समाजवादीका ७, राप्रपाका १, नेपाल संघीय समाजवादीका १ र स्वतन्त्र ५ जना सांसदहरु निर्वाचित भएका छन् ।

प्रदेशसभाका सभाध्यक्ष (ज्येष्ठ सदस्य) गोविन्दबहादुर न्यौपानेले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाएनन् । सभामुखमा चयन हुन ५२ मत आवश्यक रहेकोमा मण्डलको पक्षमा ७४ मत परेको थियो । उनको विपक्षमा २९ मत खसेको थियो ।

यसैगरी जनमत पार्टीकी उम्मेदवार बबिताकुमारी राउत ईशरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षमा ७२ मत प्राप्त भएको थियो । उनको विपक्षमा २९ मत खसेको थियो । उपसभामुखको निर्वाचन प्रक्रियामा १०१ सांसदले सहभागिता जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?