+
+

म्यानचेस्टर सिटी विश्वकै धनी क्लब, शीर्ष २० मध्ये ११ वटा प्रिमियर लिगका

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १२:२१

५ माघ, काठमाडौं । म्यानचेस्टर सिटी आयको हिसावमा विश्वकाे सबैभन्दा धनी क्लब बनेकाे छ । शीर्ष २० मा आधाभन्दा बढी इंग्लिस प्रिमियर लिगका छन्।

अन्तर्राष्ट्रिय अडिटिङ एजेन्सी डेलोइटले गरेको विश्लेषणअनुसार विश्वका शीर्ष २० धनी क्लबमध्ये ११ वटा प्रिमियर लिग खेल्ने क्लब छन् । अध्ययनको २६ वर्षको इतिहासमा आधाभन्दा बढी क्लबहरु एउटै लिगबाट परेको यो पहिलोपल्ट हो ।

प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले ७३१ मिलियन युरोको आम्दानीसहित धनी क्लबको शीर्ष स्थानमा आफूलाई सुरक्षित राखेको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको ७१३.८ मिलियन आम्दानी छ ।

अघिल्लो वर्ष सातौं स्थानमा रहेको लिभरपुल तेस्रो स्थानमा पुगेको छ । म्यानचेस्टर युनाइटेड, चेल्सी, टोटनह्याम र आर्सनल पनि शीर्गा १० भित्र परेका छन् । शीर्ष २० मा वेष्टह्याम, लेस्टर, लिड्स, एभर्टन र न्युकाशल छन् ।

विश्वका धनी २० क्लबले यो वर्ष कुल ९.२ विलियन युरो कमाउन सफल रहे । जुन अघिल्लो वर्ष सन् २०२०–२०२१ को तुलनामा १३ प्रतिशतले बढी हो ।

यो बृद्धि कोरोना महामारीपछि पूर्ण रुपमा रंगशाला सन्चान हुँदा सम्भव भएको हो । म्याच डे रेभेन्यु १११ मिलियन युरोबाट बढेर १.४ विलियन युरो पुगेको छ ।

प्रिमियर लिगका शीर्ष ६ अर्थात विग सिक्स– चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटनह्यामको कुल आम्दानी पनि १५ प्रतिशतले बढेको छ । यी क्लबहरुले कुल २२६ मिलियन युरो कमाएका छन् ।

व्यपारिक आम्दानी ३.५ विलियनबाट ८ प्रतिशतले बढेर ३.८ विलियन युरो पुगेको छ । तर, टेलिभिजन प्रशारण आम्दानी भने ११ प्रतिशतले घटेको छ । सन् २०१९–२० को सिजनमा खेलिनुपर्ने धेरै खेलहरु स्थगित हुनुको कारण पनि यस वर्ष तथ्यांकमा उतारचडाव देखिएको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?