+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कर्णालीको मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १५:४०

६ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका २५ सांसदले विश्वासको मत दिएका हुन् ।

नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक-एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् । नेपाली कांग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियूक्त गरेका थिए । शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री हुन् ।

संघमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई कर्णालीमा पनि शर्माले आफुलाई विश्वासको मत दिन आग्रह गरेका थिए

तर, विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि धारणा राख्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भोट दिएर विपक्षमा बस्न नसक्ने बताए । मुख्यमन्त्रीलाई समर्थन गर्ने वित्तिकै विपक्षीमा बस्न नमिल्ने भन्दै उनले भने, ‘दुनियाँले जे सुकै भनोस्, म निर्वस्त्र हिँड्छु भन्न सक्ने अवस्था रहेन ।’

कर्णाली सरकारको नेतृत्व ५ वर्ष नै माओवादीले गर्ने केन्द्रीय सहमति भएको थियो । तर सत्ता गठबन्धनबीच केन्द्रमा भएको सहमति सच्याउँदै कर्णालीमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् । सोही सहमति अनुसार शर्माले साढे दुई वर्ष मुख्यमन्त्री रहने छन् ।

पहिलो पटक संसदीय यात्रा थालेका शर्मा पहिलो प्रयासमै मुख्यमन्त्री बनेका हुन् । शर्मा रुकुम पश्चिम –२ बाट निर्वाचि भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?