+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रिटेल पेमेन्ट स्वीचमार्फत १८ खर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १९:२३

काठमाडौं । नेसनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत चालु आर्थिक वर्ष २०७९/८० को पौष मसान्त सम्म १८ खर्ब रुपैयाँबराबरको भुक्तानी कारोबार फर्स्योट भएको छ । उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको छ । त्यसै गरी कारोबार संख्याको आधारमा गत आर्थिक वर्ष भन्दा २५ प्रतिशतले वृद्धि भएको छ ।

रिटेल पेमेन्ट स्वीचको हाल दैनिक औसत रु. १३.३० अर्ब बराबरको भुक्तानी कारोबार र्फछ्यौट हुने गरेको छ, जस अन्तर्गत ६० प्रतिशतबराबरको कारोबार नेशनल पेमेन्ट इन्टरफेसमार्फत हुने गरेको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको आरपीएसमार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणहरु बीच अन्तरआबद्धता कायम गरिएको छ । आरपीएसअन्तर्गत फण्ड ट्रान्स्फर तथा विभिन्न भुक्तानीहरु बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग, वालेटहरु, कनेक्टआईपिएसको वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेटपे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने ओपन एपीआईमार्फत उपलब्ध रहेका छन् ।

आरपीएसअन्तर्गत बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, सरकारी निकाय तथा विभिन्न संघ संस्थाहरु एनपीआईमार्फत आबद्ध भई भुक्तानी कारोबारहरु गर्दै आएका छन् ।

ओ्पन एपीआई प्ल्याट्र्फमको रुपमा सञ्चालनमा रहेको एनपीआई ले आरपीसएस सँग इन्टिग्रेट गरी विभिन्न भुक्तानी प्रणाली तथा अन्य बैंकिङ्ग सेवाहरु प्राप्त गर्न सक्दछन् ।

आरपीएसअन्तर्गत हालै भीपीएमा आधारित भुक्तानी, रिक्वेस्ट पु र इ-म्यान्डेटमा आधारित भुक्तानी, अन्तरआबद्ध नेपाल पे क्युआर बिलर गेटवे, वालेट अन्तरआबद्धता तथा पिएसओ सेटल्मेन्ट लगायतका विभिन्न उपकरणहरु उपलब्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?