+
+

अल नासरका लागि रोनाल्डोको डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते ९:५६

९ माघ, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल नासरका लागि प्रतिस्पर्धात्मक खेलमा डेब्यु गरेका छन् ।

आइतबार साउदी प्रो लिगअन्तर्गत एतिफाकविरुद्धको खेलमा रोनाल्डोले अल नासरका लागि डेब्यु गरेका हुन् ।

अल नासरले एतिफाकलाई १-० ले पराजित गरेको खेलमा रोनाल्डोले पूरा समय मैदानमा बिताए ।

उक्त खेलमा अल नासरलाई जित दिलाउन ब्राजिलियन खेलाडी तालिस्काले गोल गरे ।

जितपछि अल नासर १४ खेलबाट ३२ अंक जोडेर शीर्ष स्थानमा छ । १६ खेल खेलेको अल हिलाल ३१ अंकसहित दोस्रो स्थानमा छ ।

३७ वर्षीय रोनाल्डोले गत महिना साउदी क्लबमा अनुबन्ध भएका थिए ।

यसअघि रोनाल्डोले अल नासर र अल हिलालका खेलाडी सम्मिमित रियाद अल स्टार एघारको कप्तानी गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनविरुद्ध मंगलबार खेलेका थिए ।

पेरिस सेन्ट जर्मेइनले उक्त खेल ५-४ ले जितेको थियो । जहाँ रोनाल्डो २ गोल गर्दै म्यान अफ दि म्याच बनेका थिए । पेरिसका लिओनल मेसीले एक गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?