
९ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिएका छन् ।
सोमबार नयाँ पर्यटनमन्त्री सुदन किरातीलाई स्वागत गर्न आयोजित कार्यक्रममा उनले जहाज किन्ने हो भने स्पष्ट बिजनेस प्लान बनाउन निर्देशन दिए । ‘हो, निगमलाई जहाज चाहिएको छ, तर, पहिला बिजनेस प्लान बनाउनुहोस्’ उनले भने ।
कुनै पनि वायुसेवा कम्पनी उडानमा केन्द्रित हुनुपर्ने भन्दै जहाज उडानलाई नै प्राथमिकता दिन निर्देशन दिए ।
उनले ग्राउन्ड ह्यान्डिलिङ अरु कम्पनीलाई दिनेबारे कुनै छलफल नै नभएको भन्दै निगमले नै पाउने बताए । तर, निगमको उडानमै केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4