 
																			१० माघ, काठमाडौं । अमेरिकाको आयोवास्थित एक विद्यालयमा गोली चलेको छ । आयोवाको डेस मोइनेसको एक विद्यालयमा सोमबार अपरान्ह गोली चल्दा दुई विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन् ।
देस मोइनेस स्कुलमा सुरु भएको शैक्षिक कार्यक्रमका क्रममा गोली चलेको हो । समाचार एजेन्सी एसोसिएटेड प्रेसले प्रहरीलाई उद्धृत गर्दै गोली चलेको घटनापछि धेरै संदिग्धहरूलाई हिरासतमा लिइएको बताएको छ।
गोली लागेका विद्यार्थीलाई अस्पताल पुर्याइए पनि उनीहरूलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । घाइते शिक्षिकाको अवस्था गम्भीर रहेको र उनको सोमबार दिउँसो शल्यक्रिया गरिएको थियो ।
गोलीकाण्डको करिब २० मिनेट पछि प्रहरी अधिकारीहरूले करिब दुई माईल टाढा शंकास्पद कार रोकेर तीन संदिग्धहरूलाई हिरासतमा लिएका छन् । सोही कारबाट एकजना भने भागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4