+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बागमती प्रदेशमा ११ मन्त्रालय बनाइने, राज्यमन्त्री नराखिने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १६:१६

१० माघ, हेटौंडा। बागमती प्रदेशमा ११ वटा मन्त्रालय कायम गरिने भएको छ । मन्त्रालयको संख्या घटाउन प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिले रहेको १४ वटा मन्त्रालयको संख्या घटाएर ११ वटा बनाइने बताए ।

उनले आफ्नो मन्त्रिपरिषद्‌मा राज्यमन्त्री नराखिने बताए । मुख्यमन्त्री जम्कट्टेलले अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताए । उनले भने, ‘हामी यही प्रतिवेदन कुरिरहेका थियौं। अब छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ।’

मुख्यमन्त्री जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । कार्यदलले आज अन्तिम दिन प्रतिवेदन बुझाएको हो ।

सुरुमा डोरमणी पौडेल मुख्यमन्त्री रहँदा बागमतीमा ७ वटा मन्त्रालय थिए । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएपछि १ वटा बढाएर ८ वटा मन्त्रालय बनाइएको थियो । तेस्रो मुख्यमन्त्री बनेका राजेन्द्रप्रसाद पाण्डले गठबन्धनमा भागबण्डा मिलाउनकै लागि मन्त्रालयको संख्या ८ बाट बढाएर १४ वटा बनाएका थिए । उनले ४ राज्यमन्त्री थपेर मन्त्रीको संख्या १८ बनाएका थिए ।

पाण्डे मुख्यमन्त्री रहँदा आर्थिक मामिला तथा योजना मन्त्री रहेका जम्कट्टेलले मुख्यमन्त्री निर्वाचित भएकै दिन पुस २५ गते बागमतीमा मन्त्रालयको संख्या ११ रहने बताउँदै आएका थिए । यद्यपी प्रमुख सचिवको प्रतिवेदनमा भने ९ वा ११ मन्त्रालयको विकल्प दिईएको छ ।

बागमतीमा कुन-कुन मन्त्रालय रहन्छन् ?

१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

२) आन्तरिक मामिला तथा कानून मन्त्रालय

३) आर्थिक मामिला तथा योजना मन्त्रालय

४) भौतिक पूर्वाधार विकास मन्त्रालय

५) ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

६) श्रम, रोजगार तथा यातायात मन्त्रालय

७) वन तथा वातावरण मन्त्रालय

८) कृषि तथा पशुपन्छी विकास मन्त्रालय

९) सामाजिक विकास मन्त्रालय

१०) पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय

११) स्वास्थ्य मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?