+
+

थ्रीस्टारको प्रशिक्षकमा केसी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १७:४६

१० माघ, काठमाडौं । प्रशिक्षक मेघराज केसी शहीद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबमा अनुबन्ध भएका छन् ।

गत सिजन ए डिभिजनको नवप्रवेशी सातदोबाटो युथ क्लबको प्रशिक्षक बनेका केसी नयाँ सिजनका लागि थ्रीस्टारमा फर्केका हुन् ।

ललितपुरे क्लब थ्रीस्टारले मंगलबार मेघराज प्रशिक्षकको रुपमा अनुबन्ध गरेको जनाएको छ ।

यस्तै थ्रीस्टारले गोलकिपर प्रशिक्षक उज्वल मानन्धरलाई गोलकिपर प्रशिक्षकको रुपमा अनुबन्ध गरेको जनाएको छ । यसअघि मेघराज र उज्वलले दुवै थ्रीस्टारमा सँगै काम गरिसकेका छन् ।

केसीले यसअघि २०७६ को ए डिभिजन लिगमा थ्रीस्टारको प्रशिक्षक बनेर काम गरेका थिए । त्यसपछि उनी आफ्नै एकेडेमी सञ्चालन गर्ने लक्ष्यसहित क्लब फुटबलबाट टाढिएका थिए ।

तर कोभिड-१९ को महामारीपछि आफ्नो कामलाई रोक्दै उनी पहिलो संस्करणको नेपालको सुपर लिगमा एफसी चितवनको प्रशिक्षक बनेका थिए ।

गत वर्ष भएको लिगमा सातदोबाटोको प्रशिक्षक बन्दै मेघराजले सातदोबाटोलाई ए डिभिजनको डेब्यु सिजनमै चौथो बनाएका थिए ।

पीएलए स्पोर्ट्स क्लबबाट प्रशिक्षकको करिअर सुरु गरेका मेघराजले यसअघि ए डिभिजनको थ्रीस्टारसहित मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, फ्रेण्ड्स क्लब र त्रिभुवन आर्मी क्लबको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।

मेघराजले पछिल्लो पटक साफ यू-२० च्याम्पियनसिपमा नेपालको पुरुष टिमको प्रशिक्षण सम्हालेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?