+
+

कर्णालीमा मन्त्रालयको भागबन्डा मिल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १८:०७

१० माघ, सुर्खेत । कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा टुङ्गिएको छ ।

मंगलबार दुई दलका प्रदेशका शीर्ष नेताहरुको बैठकले मन्त्रालयको टुङ्गो लगाएका हुन् ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रकी अध्यध्यक्ष बिमला केसीका अनुसार नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार, जलस्रोत तथा उर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ ।

त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो ।

अध्यक्ष केसीका अनुसार भोलि बुधबारसम्म मन्त्रिमण्डल विस्तार गरिने सहमति पनि बैठकमा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?